काठमाडौं । कोरोना भाइरसविरुद्धको फाइजर बायोएनटेक खोप नेपाल आइपुगेको छ ।
सोमबार कतार एयरलाइन्सबाट ३ लाख ४५ हजार ६०० डोज खोप अनुदानमा नेपाल ल्याइएको हो ।
कोरोना संक्रमण पछिल्लो समय कम हुँदै गएको छ । तर जोखिम कायमै रहेको भन्दै सरकारले खोप लगाएर ढुक्क रहन नागरिकलाई आग्रह गरेको छ ।


