पोखरा । पोखराको लेकसाइडमा रहेको सेलवेज टावरमा आगलागी भएको छ । लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरको अन्डरग्राउण्डमा विद्युत सर्ट भइ आगलागी भएको हो ।
आगलागीबाट पसल तथा रेष्टुरेन्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आगलागी लगत्तै पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेर आगो निभाएको थियो ।
आगलागी नियन्त्रणका लागि वारुणयन्त्रसहित ठुलो संख्यामा सुरक्षाकर्मी र स्थानीय परिचालित भउका थिए ।
आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंङ्कको शाखासहित विभिन्न बैँक तथा वित्तिय संस्थाका एटिएम मेसिनसमेत रहेका थिए ।
सेलवेजमा आगलागी पछि त्यहाँ रहेका पसलेहरूले सामान बाहिर निकालिरहेका थिए । शनिबार भएकाे आगलागी बाट के कती क्षति भएको हो भन्ने बारेमा यंकिन विवरण भने प्राप्त हुन सकेको छैन ।




