साँकेतिक तस्बिर
आँबुखैरेनी । तनहुँको आबुँखैरेनीमा आज बिहान बसको ठक्करबाट १ जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकका ४० वर्षीय मिनबहादुर बिक भएको प्रहरीले पुष्टी गरेको हो ।
डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग। १ ख ६३०७ नम्बरको बसले पैदल हिडीरहेका मिनबहादुरलाई ठक्कर दिदा गंभिर घाईते भएका थिए ।
ठक्करबाट गम्भीर घाइते भएका उनको चितवनस्थित सिएमसि अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।
बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।




















