साँकेतिक तस्बिर
सिरहा । मिचैयाको सिक्रोनमा बाल्टिनको पानीमा डुबेर १ बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका–१२ सिक्रोन बस्ने दिपक कापरको छोरा १ वर्षीय गोलु कापर भएको प्रहरीले पुष्टी गरेको हो ।
आफ्नै घर अगाडि खेल्ने क्रममा भरिएको बाल्टिनको पानीमा डुबेका थिए । डुबेर गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैयामा सामान्य उपचार पश्चात थप उपचारको लागि मिर्चैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।




















