भक्त्तपुर । भक्तपुरको जगातीमा हिजो बेलुकी भएको दुर्घटनामा परि स्कुटर चालकको ज्यान गएको छ ।
बा ४ ख ८९१२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बा ९९ प ३४८५ नम्बरको स्कुटर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी स्कुटर चालक धनकुटाकी ३९ वर्षकी ओमकुमारी श्रेष्ठको ज्यान गएको भक्त्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गंभिर घाईते भएकी श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।


