रूपन्देही । रूपन्देहीमा छात्रालाई बलात्कार गरेको आरोपमा १ जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवदह नगरपालिकाका–७ का ३६ वर्षीय मोहन गुरुङ भएको प्रहरीले पुष्टी गरेको हो ।
छात्रालाई बलात्कार गरेको भन्दै प्रहरी जाहेरी परेपछि शिक्षकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए ।
माघ २० गते शुक्रवार देवदहकै एक होटलमा ति छात्रालाई शिक्षकले जबरजस्ती करणी गरेको पीडितले प्रहरीसमक्ष बताएको पनि प्रनि घिमिरले जानकारी दिए ।
घटना पछि बालिकाले अभिभावकलाई बताएपछि प्रहरीमा जाहेरी परेको हो । प्रहरीमा जबरजस्ती करणीको उजुरी परेपछि बुधवार शिक्षकलाई पक्राउ गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा विद्यार्थीलाई विभिन्न प्रलोभनमा पारी होटलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका गुरु बिरुद्व अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।


