काठमाडौं । अन्तराष्ट्रिय बजारमा आज अष्ट्र्लियन डलरको भाउ बढेको छ । बजारमो अष्ट्रेलियन डलरको भाउ उच्च भए संगै डलर, युरो र पाउण्डको मुल्य घटेको छ ।
अष्ट्रेलियन डलरको मूल्य आज ५२ पैसाले बढेको छ । आज १ अष्ट्रेलिउन डलरको खरिदमूल्य ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ र बिक्रीदर ९१ रूपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।
मंगलबार डलरको खरिददर १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसा तोकिएकोमा आज खरिददर १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसा तोकिएको छ ।
यस्तै युरोपियन युरोको मूल्यसमेत आज घटेको छ । युरोको खरिदमूल्य १४१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १४२ रूपैयाँ ११ पैसा कायम गरिएको छ । मंगलबार यसको खरिददर १४२ रूपैयाँ १५ पैसा र बिक्रीदर १४२ रूपैयाँ ७९ पैसा थियो ।
त्यस्तै गरी, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको छ । यसअघि मंगलबार यसको खरिददर १५८ रूपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।




















