एजेन्सी । सोमबार गएको भूकम्पमा टर्कीको राष्ट्रिय फुटबल टिमका गोलकिपर अहमद इयुप तुर्कस्लानको निधन भएको छ ।
२८ वर्षीय तुर्कस्लान टर्किस सुपर लिगमा येनी मालत्यास्पोर क्लबबाट खेल्दै आएका थिए । उनले यस क्लबसँग १ वर्षको सम्झौता गरेका थिए ।
सिनियर खेलाडी तुर्कस्लानको फुटबल करियर १० वर्षदेखि लगातार फुटबल खेल्दै थिए । यस अवधिमा उनले ५ क्लबबाट ८७ खेल खेले । उनी विवाहित हुन् ।
टर्कीमा गएको भूकम्पमा परी अहिलेसम्म ७ हजार ८०० जनाको मृत्यु भइसकेको छ भने कयौं बेपत्ता छन् । हजारौं घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
भूकम्प जाने क्रम अझै पनि जारी छ । भग्नावशेषबाट धेरै मानिसले आफूलाई बचाउनका लागि कराइरहेको बीबीसीले जनाएको छ ।



