काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएको छन् ।
वालुवाटार स्रोतका अनुसार प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग अहिले बिहान ९ बजे सामुहिक छलफल गर्ने भएका हुन् ।
‘प्रधानमन्त्रीले संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने विषयमा छलफल गर्न लागेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले संसदलाई अझ प्रभावकारी रुपमा लैजानका लागि यो बैठकको आयोजना गरेका हुन् ।
प्रमुख सचेतकहरुसँग हुने बैठकमा प्रधानमन्त्रीले संसदलाई सशक्त रुपमा कसरी अघि लैजाने भन्ने विषयमा सुझाव लिने छन् ।


