एजेन्सी । कतारमा रहेका १ जना नेपालीले युएईको अबुधाबीमा भएको ड्रबाट २ करोड ३० लाख दिराम अर्थात् ८१ करोड भन्दा बढी नेपाली रुपैयाँको चिठ्ठा जितेका छन् ।
कतारको एक मनि एक्सचेन्जमा काम गर्ने रणजित पालले उक्त रकम जितेको गल्फ न्यूजले जनाएको छ । पालले जनवरी १६ मा २३२९३६ नम्बरको विजयी टिकट किनेका थिए ।
अबुधाबीमा रहेको बिग टिकट ड्रले आफ्नो वर्षको पहिलो प्रवर्द्धनमा २ करोड ३० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।




















