काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै आज निर्वाचन आयोगमा उजुरी दर्ता गरेका छन् ।
युवराज डेल (सफल) ले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।
पार्टीका सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने उजुरीमा उल्लेख गरिएको छ ।



