काठमाडौ । नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई थुनामा नै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै आज सर्वोच्चमा निवेदन दर्ता गरिएको छ ।
नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदरको गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको हो।
लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश कानुनी व्यवस्था र सर्वोच्चले यस्तै प्रकृतिका मुद्दामा थुनछेकबारे गरेको व्याख्याको प्रतिकुल छ भन्ने दुई आधार सहित आज सर्बोच्चमा मुद्दा दर्ता गरिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।
२ हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो ।


