साँकेतिक तस्बिर
काठमाडौं । बिरामीलाई कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा १ जना महिला नेपाली नर्स पक्राउ परेकी छन् ।
नाइनन्युज सिड्नीका अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको आरोपमा पक्राउ गरिएको हो ।
एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेपछि उनलाई पक्राउ गरिएको हो ।
यो कसुरमा पाण्डेलाई जेल सजाय हुन सक्ने अनुमान गरिएको छ ।


