सांकेतिक तस्वीर
कैलाली । कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन् ।
सोमबार राति लम्कीचुहा नगरपालिका–६ को बगमाराका श्रीराम थारुले आमा लगनी थरुनीमाथि बञ्चरो प्रहार गरेका हुन् ।
गम्भीर घाइते भएकी उनको धनगढीको नवजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।
घटनामा संलग्न रहेका श्रीरामलाई देउराली सामुदायिक वनमा लुकी राखेको अवस्थामा अस्थायी प्रहरी पोष्ट चुहाले को प्रहरी टोलीले पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ ।




















