काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिच बालुवाटारमा भेटघाट गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रचण्ड र लामिछानेबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक राजनीतिबारे छलफल भएको थियो ।
यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
लामिछाने गृहमन्त्री नरहे पनि रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गरेको छ । पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ ।


