एजेन्सी । पाकिस्तानको पेशेवारमा रहेको एक मस्जिदमा बिस्फोट हुँदा मृत्यु हुने र घाइतेको संख्या बढ्दो छ । पाकिस्तानी समाचारहरुमा जनाइएकअनुसार अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । घटनामा परी १५० भन्दा बढी मानिसहरु घाइते भएका छन् ।
सोमवार दिउँसो प्रार्थना भइरहेको समयमा आत्मघाती बम विस्फोटमा हुँदा ठूलोमात्रमा मानवीय क्षति भएको पाकिस्तानी समाचार संस्था डन न्युजले जनाएको छ । घटनामा परि घाइते भएकामध्ये कतिपयको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
आत्मघाती बम बिस्फोटमा परी मस्जिदको केही भाग भत्केको छ । दिउँसो १ः४० बजे जोहरको नमाज पढिरहेका बेला बम विस्फोट भएको हो । मस्जिदभित्र प्रहरी, सेना र बम डिस्पोजल टोलीका कर्मचारीहरू खटिएको उनले बताए ।
पेशेवारका नगर प्रहरी प्रमुख मुहम्मद इजाज खानले यस क्षेत्रमा ठूलोमात्रमा प्रहरी परिचालन गरिएको छ । घाइतेहरुलाई लेडी रिडिङ अस्पतालतर्फ पठाइएको उनले बताएका छन् । घटनाको विवरणहरु आउने क्रम जारी रहेको छ ।


