साँकेतिक तस्बिर
भक्तपुर । भक्तपुरको ताथलीमा १ जना ब्यक्तिको हत्या गरी फरारा रहेका २ जनालाई प्रहरीले १७ बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ का ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेको भक्तपुर प्रहरीले पुष्टी गरेको हो ।
२०६२ माघ ३० गते चाँगुनारायण नगरपालिका–९ को ताथलीमा रहेको गणेश ईट्टा भट्टा नजिकै रहेको कुलो छेउमा सोही भट्टामा काम गर्ने ४१ वर्षीय कृष्ण योगीको हत्या अभियोगमा सुकमान भन्ने कान्छाराम र बहादुरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरुले रोल्पा घर भई सोही ईट्टा भट्टामा काम गणेशलाई शरिरको विभिन्न भागमा चक्कु तथा लौरो प्रहार गरी हत्या गरी फरार भएका थिए । घटनामा संलग्न उनीहरुलाई खोजी गर्ने क्रममा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।




















