पोखरा । पोखरामा आज एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका–१३ मा ४३ वर्षीय १ पुरुषले कोठामै आफ्नो शरिरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका थिए ।
उनलाई घरबेटीले उद्धार गरेकी छन् । उद्वारको क्रममा घरबेटी पनि घाइते भएको वडाध्यक्ष किरण बरालले बताए ।
उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कास्कीमा उपचार भइरहेको छ । उनीहरूको परिचय गोप्य राखिएकोमा आत्मदाह प्रयासको कारणबारे थाहा नभएको वडा अध्यक्ष बरालले जानकारी दिए ।


