साँकेतिक तस्बिर
भोजपुर । जिल्लाको बोक्ताङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरुण गाउँपालिका–२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ भएको प्रहरी पुष्टी गरेको हो ।
शनिबार राति ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी सामान्य विबादमा श्रीमतीको घाटि थिचेर हत्या गरि खाडलमा पुरेका थिए ।
स्थानिय उक्त सूचना प्रहरीलाई दिए लगत्तै शनिबार राती नै जिल्ला प्रहरी कार्यालय भोजपुर, ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनलाई पक्राउ गरेको भोजपुर प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


