साँकेतिक तस्बिर
संखुवासभा । संखुवासभाको लुङसुङमा बृद्व बुवा हत्या गरेको अभियोगमा १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–५ लुङसुङ बस्ने २८ वर्षीय प्रेमकुमार राई रहेको प्रहरीले पुष्टी गरेको हो ।
घरायसी वादविवादमा प्रेमकुमारले ७३ वर्षीय बुवा गोठे राईलाई लाठी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गोठेको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको थियो ।
गोठेको मृत्यु लगत्तै प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरीको टोलीले प्रेमकुमारलाई पक्राउ गरेको संखुवासभा प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।


