धनकुटा । धनकुटा महोत्सवमा शनिबार राति भएको घटनामा परि ३० जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनाको उपचार भइरहेको र २ जनाको अवस्था गंम्भीर भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक लक्ष्मीप्रसाद अधिकारीका अनुसार शनिबार राती भएको गायक प्रमोद खरेलको कन्सट हेर्न पुगेका युवा यवतीहरु ठेलमठेल गर्दा उक्त संख्यामा मानिसहरु घाईते भएका थिए । त्यस मध्ये १६ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ ।
गम्भीर घाईते २ जनाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहको उनले प्रउ अधिकारीले जानकारी दिए ।
१२ जना भने जिल्ला अस्पतालमा उपचारपछि आइतबार बिहान घर फर्किएका छन् । अत्यधिक भीडका कारण उक्त घटना भएको थियो ।
धनकुटा महोत्सवको नवौँ दिनको कार्यक्रम चलिरहँदा घटना भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।


