साँकेतिक तस्बिर
तनहुँ । तनहुँको लिलाचोकबाट १८ बर्ष पछि सवारी ज्यान मुद्वाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
२०६१ साल बैशाख २१ गते दर्ता भएको सवारी ज्यान मुद्दाको फरार प्रतिवादी तनहुँ शुक्लागण्डकी नगरपालिका(१२ लिलाचोक बस्ने वर्ष ५१ को नुमबहादुर गुरूङलाई लाई प्रहरी पक्राउ गर्न सफल भएको हो ।
गुरुङलाई आजै (शुक्रबार) बिहान ९ः३० बजे निजकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको तनहँु प्रहरीले जानकारी दिएको छ । गुरुङलाई आजै तनहँु जिल्ला अदालतमा उपस्थित गराईएको पनि प्रहरीले जनाएको छ ।




















