बारा । विभिन्न मुद्दाका कैद तथा जरिवाना भएका ३३२ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
अदालतबाट विभिन्न मुद्वा फैसला भई फरार रहेका उक्त संख्याका प्रतिबादीहरुलाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।
अदालत कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन पत्राचार भए लगत्तै बारा प्रहरीले ठुलो संख्याका फरार प्रतिबादीहरुलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।
लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरु बैकिङ्ग कसूर, हातहतियार खरखजाना लगायतका मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका पक्राउ परेका प्रतिवादीहरु मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकीलाई जरिवाना भुक्तान गरी मुक्त भएको पनि प्रहरीले जानकारी दिएको छ ।


