सांकेतिक तस्बिर
जनकपुरधाम । जनकपुरधामका २ जना युवकको अपहरण गरी भारतमा हत्या गरिएको छ ।
करिब दुई साताअघि आफन्तको न्वारनको भोज खान गएका युवकको आइतबार भारतको सीतामढी जिल्लाको परिहारमा मृत्त शरिर फेला परेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–८ का करिब २१ वर्षीय रोहित साह र १३ का २२ वर्षीय विष्णु साहको मृत्त शरिर फेला परेको हो ।
भारतमा शव फेला परेपछि भारतीय प्रहरी र नेपाल प्रहरीको समन्वयमा परिवारजनले शवको सनाखत गरेका छन् ।
विष्णुलाई लिएर रोहित भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घर गएका बेला अपहरणमा परेका थिए । अपहरण पछि विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्वरबाट फोन आइरहेको प्रहरीले पुष्टी गरेको छ ।
सुरुमा फिरौती ५० लाख मागे पनि पछि २० लाख रुपैयाँ दिने लिने सहमति भएको परिवारजनले जनाएका छन् । घटना पछि परिवारजन सोकमा ढुवेका छन ।


