साँकेतिक तस्विर
सुनसरी । धरानमा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गंभिर घाईते भएका छन् । धरान उपमहानगरपालिका–५ आपटारमा खकुरी प्रहारबाट ४९ वर्षीय कुमार बुढाथोकीको मृत्यु भएको छ भने ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राई गंभिर घाईते भएको सुनसरी प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने धरान उपमहानगरपालिका–५ आपटारका ३५ वर्षीय बिकास भन्ने हर्कबहादुर राईलाई प्रहरीले आज (बिहीबार) बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको र मन्जुलाई टाउकोमा चोट लागेको थियो । घाइते मन्जुको विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरानमा उपचार भई रहेको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बिकासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


