साँकेतिक तस्विर
काठमाडौं । राजधानीको २ वटा होटलबाट ठुलो परिमाणमा राहदानी सहित ३ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जना रहेको प्रहरीले जानकारी दिएको हो ।
प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
प्रहरीलाई उक्त होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको र उनीहरुको गतिविधि समेत शंकास्पद भएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीहरुको टोलीले होटेल सोनाबाट ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानी सहित उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रभाग गोंगबुले जनाएको छ ।
पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।




















