काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।
वंशाणुगत जन्डिस (कमलपित्त) का कारणले पछिल्लो समय पुन समस्या देखिए पछि पुस ३० गते ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरी उपचार भइरहेको छ ।
उनको उपचारमा संलग्न कलेजो तथा पेट रोग विशेषज्ञ डा.युवराज शर्माका अनुसार दीर्घकालीन समस्या समाधानका लागि कलेजोको प्रत्यारोपण गर्नु अनिवार्य हो । डा.शर्माका अनुसार जन्डिसका कारणले उनको कलेजोमा समस्या देखिएको हो ।
जन्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिरमा उपचारका लागि भनै उनी चीन गएका थिए ।
उनको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । चीनमा उपचार गर्नुभन्दा अगाडि उनको थाइल्यान्डमा उपचार गरिएको थियो ।




















