पोखरा । गण्डकी प्रदेश सभाले आज शनिबार नयाँ सभामुख पाउने भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकले प्रदेश सभाको सभामुखको निर्वाचनको लागि मिति तोक्ने र निर्वाचनको लागि कार्यक्रम प्रकाशन गर्न सचिवालयलाई निर्देशन दिने निणर्य गरेको थियो ।
शुक्रबारको बैठक सम्पन्नपछि अर्को बैठक शनिबार दिउसो ३ः०० बजेका लागि बोलाइएको छ ।
नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभाका सदस्यहरुले आफुहरुमध्येबाट प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो ।
बैठकको निणर्य पछि प्रदेश सभा सचिवालयले सभामुखको निर्वाचन शनिबार गर्ने गरि कार्यक्रम सार्वजनिक गरेको छ ।नेपालको संविधानको धारा १८२ को उपधारा (१) एवं गण्डकी प्रदेश, प्रदेश सभा नियमावली, २०७४ को नियम ७ को उपनियम (१) बमोजिम प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले निर्वाचनको मिति र समय निर्धारण गरेका हुन ।


