एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको मृत्यु भएको छ ।
आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो । बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन् । आँधीबाट दक्षिणी क्षेत्र सबैभन्दा बढी प्रभावित छ ।
त्यहाँबाट हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लगिएको छ । आँधी अरु केही दिनसम्म रहनसक्ने भन्दै राज्य सरकारले सावधानी अपनाउन भनेको छ ।
सन् २०१८ को जनवरीमा आएको आँधीमा कम्तीमा पनि २३ जनाको मृत्यु भएको थियो ।




















