साँकेतिक तस्बिर
सुनसरी । धरान उपमहानगरपालिकामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय दिवश धौलाकोटी रहेको सुनसरी प्रहरीले पुष्टी गरेको हो ।
धौलाकोटीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित लांघाली सामुदायिक जंगलभित्र लगी जबरजस्ती करणी गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख गरिएको छ ।
उजुरी पर्नासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले गहन अनुसन्धान गरिरहेको जनाएको छ ।




















