लमजुङ । राईनास नगरपालिकामा बुधबार राती चिर्पट प्रहर गरी १ जना पुरुषको हत्या गरिएको छ । हत्या गरेको आरोपमा राईनास नगरपालिका–९ कुडुले बस्ने ३६ वर्षीय वेलराम गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
गुरुङल राईनास नगरपालिका–९ कुडुले बस्ने ५५ वर्षीय हितमान श्रेष्ठलाई चिर्पट प्रहार गरी हत्या गरेको लमजुङ प्रहरीले जनाएको छ ।
२०७४ साउन ११ गते हितमान श्रेष्ठलाई हत्या गरी फरार रहेको गुरुङलाई चितवन भरतपुर महानगरपालिका–१६ मा लुकी बसेको अवस्थामा प्रहरीले फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीलाई गुरुङ उक्त स्थानमा लुकी बसेको विशेष सूचना प्राप्त हुनासाथै लमजुङबाट खटिगएको प्रहरीको एक टोलीले उनलाई नियन्त्रणमा लिएर लमजुङ ल्याएको छ ।


