एजेन्सी । हेनरी यान्ड पार्टनर्सले शक्तिशाली तथा कमजोर पासपोर्टको सूची सार्वजनिक गरेको छ ।
भिसा नलगाइकनै वा गन्तव्य मुलुकमा पुगेर भिसा लगाए हुने पासपोर्टलाई बलियो मानिन्छ ।
जापानी पासपोर्टले १९३ वटा गन्तव्यमा यस्तो सुविधा पाउने गरेकाले त्यो सूचीको पहिलो स्थानमा छ । दोस्रो स्थानमा दक्षिण कोरिया र सिंगापुर छन् । ती देशका पासपोर्टधारीले १९२ देशमा स्वतन्त्रतापूर्वक घुम्न पाउँछन् ।
एसियाका यी तीन देशपछि युरोपेली मुलुकहरू रहेका छन् । जर्मन र स्पेनी पासपोर्टलाई १९० गन्तव्यमा सुविधापूर्वक जाने छुट छ भने फिनल्यान्ड, इटली र लक्जेम्बर्गका लागि १८९ गन्तव्य खुला छ ।
कमजोर पासपोर्ट भएको देशको सूचीमा अफगानिस्तान सबभन्दा पुछारमा ९१२९औं स्थानमा० छ । त्यस देशको पासपोर्ट बोकेर २७ वटा गन्तव्यमा मात्र सजिलै जान पाइन्छ ।
नेपाल भने सूचीको १०३ स्थानमा छ । नेपाली पासपोर्टले ३८ वटा गन्तव्यमा भिसा देखाइरहनुपर्दैन वा अन अराइभल भिसा पाइन्छ । प्यालेस्टाइनी टेरिटोरी पनि नेपालकै स्थानमा छ ।




















