सिरहा । धनगढीको पक्किटोलमा रहेको एक मिलको फित्तामा बेरिएर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–२ पक्किटोल बस्ने ५० वर्षीय अक्षयलाल चौधरी भएको प्रहरीले पुष्टी गरेको हो ।
मिल चलाउने क्रममा मिलको फित्तामा बेरिदा शनिबार साँझ चौधरीको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
पक्किटोलमा रहेको शिव राईस कुटान मिलमा काम गर्ने क्रममा फित्ता बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


