काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट शनिबार १ जनाको मृत्यु भएको पुष्टी गरेको हो ।

नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।
आज ५५५ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको छ भने २ जना उपचारपछि घर फर्किएका छन् ।
हाल २१ जना सक्रिय संक्रमित छन् ।


