साँकेतिक तस्बिर
जाजरकोट । जिल्लाको मेसुमा घाँस काट्न श्रीमान संग गएकी १ जना महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका–११ मेसु बस्ने २३ वर्षीया पबित्रा रावत भएको प्रहरीले पुष्टी गरेको हो ।
घरबाट श्रीमान संगै घाँस काटन गएकी पवित्राको शुक्रबार भिरबाट लडेर घटना स्थलमा नै मृत्यु भएको थियो । घर संगै रहेको बाढी भिर जंगलमा घाँस काट्न गएको अवस्थामा लड्दा उनको घटनास्थलमै मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




















