×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

अन्तर्राष्ट्रिय जुनियर टेनिसमा राजबिर, सुनिरा र ब्रिजेशलाई उपाधि

  •  गोरखा समाचार
  • शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । पोखरामा जारी दोस्रो मनुश्री–भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा राजबिर प्रधान, सुनिरा थापा र ब्रिजेश अर्यालले उपाधि जितेका छन् ।

    कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा बिहिबार सम्पन्न यू–१६ उमेर समुहमा ब्वाइजतर्फ राजबिर, गल्र्सतर्फ सुनिरा तथा यू १४ ब्वाइजतर्फ ब्रिजेशले फाइनल खेल जित्दै पदक जितेका हुन् ।

    प्रतियोगिता अन्तर्गत सम्पन्न यू–१६ ब्वाइजतर्फको फाइनलमा राजबिर प्रधानले आयुष्मान हजुर घलेलाई सोझो २–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो र दोश्रो सेट समान ६–२, ६–२ ले पराजित गर्दै उपाधि जित्दा सोही उमेर समुहको गल्र्सतर्फ सुनिरा थापाले श्वस्तिका बज्रचार्यलाई ६–२, ६–२ ले पराजित गर्दैै उपाधि जितिन् ।

    उपाधि संगै राजबिर र सुनिराले समान नगद जनही रु १५ हजारका साथमा मेडल र उपविजेता बनेका आयुष्मान र श्वस्तिाकाले जनही नगद ७ हजार ५ सयका साथमा मेडल, प्रमाणपत्र प्राप्त गरेको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिएका छन् ।

    त्यस्तै यू १४ ब्वाइजतर्फ भएको फाइनल खेल ब्रिजेशले जितेका छन् । फाइनल खेलमा बोरिश अधिकारी रिटायर्ड हर्ट हुँदै मैदान छोडेका थिए । पहिलो सेट ६–३ ले जितेका ब्रिजेशले दोश्रो सेट चलिरहँदा बोरिश रिटायर्ड हर्ट हुँदै मैदान छोडेका थिए । ब्रिजेशले उपाधि सहित नगद रु १२ हजार, उपबिजेता बनेका बोरिशले नगद रु ६ हजारसहित मेडल प्राप्त गरेका छन् ।

    कुल १४ वटा इभेन्ट मध्ये यू–१४ र यू–१६ का खेलहरु सम्पन्न भएका छन् भने बिहिबारबाट यू–८, यू–९, यू–१०, यू–१२ का पहिलो चरणका खेलहरु सुरु भएका छन् ।

    प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न यू ९ ब्वाइज सिंगल्स सोरा पराजुलीले बेदान्त चालिसेलाई ४–१, ४–२ ले, इभान भट्टराइले आदित्य केसीलाई ४–२, ४–१ ले, अर्याश राज पौडेलले इलेश गौतमलाई ४–०, ४–० को सोझो सेटमा पराजित गरेका छन् । त्यस्तै यू–१२ तर्फ स्पन्दन उदाशले विश्वबिर डल्लाकोटीलाई ६–०, ६–० ले, सन्दिप विकले काई प्रजापतीलाई ६–०, ६–० को सोझो सेटमा पाखा लगाए । त्यसै गरी यु–८ ब्वाइज सिंगल्समा जिवश भट्टराई र यू–९ ब्वाइजमा सुभन केसीले आ–आफ्नो खेल जितेका छन् ।

    प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गल्र्स डबल्स गरी विभिन्न १४ ईभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । जुनियरतर्फ यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन् भने यू–१२ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले जनही नगद रु ८ हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्ने प्रतियोगिताकी संयोजक प्रिती बरालले जानकारी दिएकी छन् ।

    त्यस्तै यू–१४ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले समान जनही नगद रु १२ हजार, उपबिजेताले समान जनही नगद रु ६ हजारसहित मेडल प्राप्त गर्ने छन । यू–१६ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सय तथा ब्वाईज तथा गल्र्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु १५ हजार उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्ने संयोजक बरालले जानकारी दिएकी छन् ।

    प्रतियोगितामा ३७ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा गल्र्सतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीहरुको सहभागिता रहेको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.