सिरहा । जिल्लाको मोतियाही टोलमा बुहारीले आफ्नै सासुको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा बुहारी धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दादेवी महतोलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना लगत्तै ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीहरुको टोलीले उनलाई पक्राउ गरेको सिरहा प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



