साँकेतिक तस्बिर
गोरखा । जिल्लाको गण्डकी गाउँपालिकामा लघुवित्त वित्तीय संस्थाका कर्मचारी र ऋणी बीच हात हालाहाल भएको छ । ऋण तिर्ने बिषयमा विवाद हुदा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका कर्मचारी जगत गुरुङ र गण्डकी गाउँपालिका ६ लुप्राङकी डल्लीमाया चेपाङ बीच हात हालाहाल भएको हो ।
चेपाङले लिएको ऋण मध्ये केही रकम तिर्न बाँकी भएको र सो बिषयमा बैठकमा छलफल हुदै गर्दा लघुबित्तका कर्मचारी गुरुङले चेपाङ माथि हातपात गरेको पिडित चेपाङले बताईन । ‘पैसा तिर्ने बिषयमा कुरा हुदै गर्दा सरले मेरो कपाल र कुममा हात हाल्नु भयो’ डल्लीमायाँले भनिन् ‘मलाई सारै रिस उठ्यो मैले पनि बल लगाएर धकेलीदिए ।’
‘भनाभनका बिच अभद्र ब्यवहार गर्न पुगेका कर्मचारी गुरुङकै कारण विवाद भएको बैठकमा सहभागी अन्य महिलाहरुले पनि बताए । ति महिलाहरुका अनुसार ति कर्मचारीले जथाभावी मुख पनि छाडेको, हात पनि छाडेका थिए ।
्तरकारी बेचेर किस्ता तिरिरहेको चेपाङलाई कर्मचारीहरुले जहाँ जहिले भेट्दा पनि कहिले झुण्डेर मर त कहिले त्रिशुलीमा हाम्फालेर मर भन्ने गरेको गुनासो समेत गरिन । चेपाङले लकडाउन भएपछि तरकारी बिक्न छाडेको कारण किस्ता तिर्न समस्या भएको स्विकार गरिन ।
संस्थाले चेपाङलाई अहिले कालोसूचीमा राखे । लघुबित्तका अनुसार अचेपाङले कोरोना कालमा सो लघुवित्तबाट ३ लाख रुपैयाँ ऋण लिएकी थिइन् । तरकारी बेचेर नियमित किस्ता तिरिरहेकी उनले लकडाउन सुरु भएपछि किस्ता तिर्न समस्या देखिएको थियो ।



