गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज ८ सदस्सीय मन्त्रीमण्डल गठन गरेका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित ८ जनालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
यो मन्त्रीमण्डलमा ३ जना भने उपप्रधानमन्त्री बनेका छन् ।
उपप्रधानमन्त्री को को बने त ?
विष्णु पौडेल : एमालेबाट उपप्रधानसहित अर्थमन्त्री
नारायणकाजी श्रेष्ठ : माओवादी केन्द्रबाट उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री
रवि लामिछाने : राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित गृहमन्त्री
मन्त्रीहरुमा
ज्वालाकुमारी शाह : नेकपा एमाले
दामोदर भण्डारी : नेकपा एमाले
राजेन्द्र राइ : नेकपा एमाले
अब्दुल खान : जनमत पार्टी




