काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उप प्रधानमन्त्रहरुले शपथ लिएका छन् । ७ दल र केही स्वतन्त्रसहित १७० सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका हुन् ।
सोमबार शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
प्रचण्ड शपथका लागि दौरा सुरुवाल लगाएर पुगेका थिए । यसअघि २ पटक प्रधानमन्त्री बनेका प्रचण्डले सर्ट पाइन्ट र कोटमा शपथ लिएका थिए ।
एमालेका विष्णु पौडेल, माओवादीका नारायणकाजी श्रेष्ठ र रास्वपाका रवि लामिछानेले उप प्रधानमन्त्री को हैसियतमा प्रधानमन्त्रीसँगै शपथ लिएका छन् ।


