×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कसरी चुके देउवा ?

  •  गोरखा समाचार
  • सोमबार, पुष ११, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नवीन झा

    काठमाडौं । आइतबार दिनभर भएको राजनीतिक दौडधुपले गर्दा नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ। एमाले र माओवादी केन्द्रसहित सात ओटा दलहरुहरुको बीचमा भएको सहमति अनुरुप प्रस्तुत दाबी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।

    मंसिर ४ को निर्वाचनमा सबैभन्दा ठूलो दल भएको नेपाली काग्रेस अन्तिममा सुझबुझ देखाउन नसक्दा नयाँ सरकार बनाउनबाट वञ्चित भएको छ। प्रधानमन्त्रीमा दोहोरिने प्रयत्नमा रहेका शेरबहादुर देउवा पनि मुखमै आएको पद गुमाउन बाध्य भएका छन्।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने आइतबार बिहान बालुवाटारमा भएको छलफलमा देउवाले आफूहरुबीचको सहमति पालना नगरेको भन्दै गठबन्धन टुटेको प्रष्ट पारेका थिए। त्यसपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट हानिएका थिए।

    बालुवाटारबाट प्रचण्ड निस्किँदै गर्दा एमाले अध्यक्ष ओलीले आफ्नो निवासमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षलाई बोलाइसकेका थिए। ओलीको निवासमा बिस्तारै जनता समाजवादी पार्टी र जनमत पार्टी लगायतको सहभागिता बढ्दै गयो। जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटायो।

    प्रचण्डको सत्तारोहणसँगै आफ्नो कार्यकाल लम्ब्याउन चाहेका देउवालाई धक्का लागेको छ।

    पछिल्लो केही दिनयता देउवा र प्रचण्ड लगातार संवादमा थिए र आफू निकट नेताहरुलाई पनि संवादमा खटाएका थिए। आफ्नो नेतृत्वको गठबन्धनमा लोसपा र जनमत पार्टीसहित अन्य केही साना पार्टीहरुलाई समाहित गर्दै कार्यकाल लम्बाउने रणनीतिमा रहेका देउवालाई प्रचण्डले रित्तो हातको स्थितिमा पुर्‍याइदिएका छन्। जसलाई धेरैले देउवाको रणनीतिक असफलताको रुपमा व्याख्या गरेका छन्।

    आखिर देउवा कसरी चुके ?
    देउवाको दूतको रुपमा पछिल्लो समयमा संवादमा खटिएका नेताहरु बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र पार्टी उपसभापति पूर्णबहादुर खड्का आइतबारको नाटकीय राजनीतिक परिणामपछि सञ्चार माध्यमहरुसँग सम्पर्कमा आउन चाहेका छैनन्।

    यद्यपि माओवादीसँग संवादमै रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले प्रचण्डसँग भएको सहमतिलाई देउवाले तोडेर गल्ती गरेको टिप्पणी गरे। उनले नेपाल लाइभसँग भने, ‘प्रचण्डले कांग्रेसवाट धोका भयो भनेर जानुभयो। त्यसमा केही हदसम्म सत्यता देखिन्छ।’

    देउवालाई प्रधानमन्त्री बनाउने बेलामै निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा भएको पौडेलले खुलासा गरे। ‘त्यतिबेलाको सहमति कार्यान्वयन भएन भन्ने प्रचण्डको भनाइ थियो’, उनले भने, ‘उहाँ त्यसपछि अन्य विकल्पतिर लाग्नुभयो।’

    यद्यपि देउवा आइतबार दिउँसोसम्म पनि प्रधानमन्त्री बन्नेमा ढुक्क देखिएको नेताहरुको भनाइ थियो। यतिसम्म कि आइतबार बिहानको बैठकमा पनि प्रचण्डले देउवालाई आफ्नो गठबन्धन आफैं राख्नुस् भनेर हिँड्न थालेपछि पनि उनी ढुक्क मनस्थितिमै थिए। उनले बालकोटतर्फ लागेका प्रचण्डलाई त्यहाँ सहमति नभए पुन: यहीँ (बालुवाटार) आउनु भन्दै ब्यंग्यमिश्रित आग्रह गरेका थिए।

    अब प्रचण्ड छिट्टै बालुवाटार फर्किने छन् तर देउवालाई नै विस्थापित गर्ने गरी।

    आखिर प्रचण्डले देउवालाई विस्थापित गर्ने खालको परिस्थिति कसरी विकास भयो? त्यसका केही सन्दर्भ छन्।

    एमाले र ओलीलाई ठीक ढंगले विश्लेषण गर्न नसक्नु
    देउवा गठबन्धनलाई अगाडि पनि बढाउने तर प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेससँगै राख्ने रणनीतिमा थिए। जसप्रति माओवादी सुरुदेखि असहमत थियो। कांग्रेस र खासगरी देउवा र उनको पक्षको विश्लेषण थियो कि माओवादीलाई एमालेले साथ दिँदैन। त्यसो भएमा माओवादीसँग विकल्प हुँदैन। यद्यपि यस बीचमा एमालेका नेताहरु प्रचण्डसँग लगातार संवादमै थिए। यसप्रति देउवाको बुझाइ भने एमालेले माओवादी केन्द्रलाई गठबन्धन तोड्नका लागि मात्रै प्रयोग गर्न खोजेको तर प्रधानमन्त्री दिँदैन भन्ने थियो।

    त्यसमा पनि शनिबार एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा प्रचण्डले निर्णय गर्न ढिला गरेकाले अब प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरिदिएका थिए। त्यसपछि देउवा र उनको पक्षका नेताहरु थप हौसिएका थिए। त्यही आडमा देउवाले शनिबार साँझ ओलीसँग कुरा गर्न नेता विमलेन्द्र निधिलाई बालकोट पठाए। स्रोतहरुका अनुसार, ओलीले निधिलाई आफूले माओवादीलाई प्रधानमन्त्री नदिने बताएका थिए। निधिले राति नै ओलीको उक्त अडान देउवालाई ब्रिफिङ गरेका थिए। त्यसपछि देउवा आफूले लिइराखेको अडानमा थप कडा बने।

    आइतबार बिहानै कांग्रेस नेता निधि माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न पुगे र कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद नछाड्ने अडान राखे। निधिसँगको संवादपछि बालुवाटार जानुअघि नै प्रचण्डले आफ्ना केही नेताहरुलाई एमाले अध्यक्ष ओलीकहाँ पठाएका थिए। ती नेताले ओलीसँग संवाद गरिरहँदा प्रचण्ड बालुवाटार पुगेका थिए।

    बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री देउवासँग ‘वान टु वान’ संवाद गरेका थिए। माओवादी केन्द्रका एक नेताका अनुसार, प्रचण्डले त्यहाँ पनि प्रधानमन्त्री र राष्ट्रपतिमध्ये एउटा पद रोज्न देउवालाई आग्रह गरेका थिए। तर उनले मानेनन्। त्यसपछि एकीकृत समाजवादीका नेता समेत बसेर छलफल गरे। र सहमति नजुट्ने प्रष्ट भएपछि प्रचण्ड गठबन्धनको भारी बिसाएको भन्दै निस्किएका थिए।

    पार्टीका महामन्त्रीलाई बेवास्ता
    आइतबारको राजनीतिक उछलकुदमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कतै देखिएनन्। त्यसो त उनीहरु केही दिन यता पनि खासै सक्रिय देखिएका थिएनन्। महमन्त्री थापा पोखरामा आयोजित एउटा साहित्यिक कार्यक्रममा भाग लिइरहेका थिए। महामन्त्री शर्मा ट्विटमा धारणा व्यक्त गरिरहेका थिए।

    काग्रेस स्रोतका अनुसार, कांग्रेस संसदीय दलको निर्वाचनबाट थापाको उम्मेदवारी र शर्माको समर्थनपछि देउवाले महामन्त्रीद्वयलाई कुनै बैठकमा बोलाएका छैनन्। यसबारेमा थापाले पोखराकै कार्यक्रममा केही संकेत गर्दै अभिव्यक्ति दिएका छन्। शर्मा भने बोल्न चाहेनन्।

    बालुवाटार स्रोतका अनुसार, सभापति देउवाले आफ्नो ‘कोर समूह’ बाहेकका अन्य नेताहरुलाई पछिल्लो समयमा परिचालन गरेका थिएनन्। सत्तारोहण नजिएको भन्दै उत्साहित ती नेताहरुकै भर पर्दा देउवाले ठीक रणनीति बनाउन नसकेको कतिपय नेताहरुको आरोप लगाएका छन्।

    यसबाहेक भूराजनीति लगायत पर्दा पछाडिका अन्य खेलाडीहरुको भूमिका बिस्तारै खुल्दै जाने जानकारहरु बताउँछन्।

    nepal live

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, पुष ११, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.