साँकेतिक तस्बिर
बारा । ठुलो मात्रामा नेपाली नक्कली नोट सहित बाराको हरनैया चोकबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आदर्शकोतवाल गाउँपालिका–६ हरनैया चोकबाट नेपाली १ हजार दरको नक्कली नोट ३४० थान अर्थात ३ लाख ४० हजार सहित सोही गाउँपालिका–६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मी समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीहरुको टोलीले उनीहरूलाई उक्त परिणामको नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको बारा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुले कहाँबाट र कसरी नक्कली नोट ल्याए भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाउको छ ।



