झापा । आफ्नै जेठाजुको हत्या गरेको आरोपमा झापाको कन्काईबाट १ जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कन्काई नगरपालिका–४ बस्ने ४८ वर्षीया रनमाया बास्तोला रहेको झापा प्रहरीले पुष्टी गरेको हो ।
बास्तोलाले आफ्नै जेठाजु ५५ वर्षीय पदम लाल बास्तोलाको हसियाँले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शिबसताक्षी नगरपालिका–१० टेक्रास्थित माईखोलाको बगरको कासघाँरीमा बिहीबार पदम लाल बास्तोला मृत अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले घटनाको अनुसन्धानको क्रममा रनमायाले बुधबार मृतकसँग घाँस काट्न गएको बेला हसियाँ प्रहार गरी हत्या गरेको खुल्न आएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको भन्दै केही दिनभित्रै सत्यतथ्य बाहिर आउने प्रहरीले जनाएको छ ।



