काठमाडौं । नव निर्वाचित नेपाली कांग्रेसका सांसदहरुको बैठक बालुवाटारमा सुरु भएको छ । बैठक दिउँसो १२ः३० बजेबाट सुरु भएको हो ।
बैठकमा नयाँ सरकार र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।
देउवा दलको नेतामा निर्वाचित भएपछिको यो सांसदहरूसँग पहिलो छलफल हो । कांग्रेस प्रतिनिधिसभा सदस्य ८९ जना छन् ।


