काठमाडौं । नयाँ प्रधानमन्त्रीको टुङ्गो लगाउने गरी सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार बैठक दिउसो ३ बजेपछि बस्दै छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको पहिलो नेतृत्व आफूले पाउनुपर्ने प्रस्ताव राख्दै आएका छन ।
प्रवक्ता महतका अनुसार सरकार बनाउन दिएको समयसीमाभित्रै सहमति खोजिएका कारण आज गठबन्धनको बैठक बस्न लागेको हो ।


