काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा राजधानीको विभिन्न स्थानबाट २ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको ५ । पक्राउ पर्नेमा काठमाडौं ठमेल बस्ने चिनियाँ नागरिक ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै ३ जना नेपाली नागरिकलाई लाओस पुर्याएका थिए ।
त्यहाँ पुर्याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै २ महिना काम लगाई पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए ।
उक्त कार्यमा संलग्न मध्ये १ जनालाई काठमाडौं ठमेल र १ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यूरोको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारामा चलान गरिएको छ ।


