काठमाडौं । केही समय यता अमेरिकी डलरको भाउ लगातार घटदै जान थालेको छ । नेपाल राष्ट्र बैंकका विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ भने अष्ट्रेलियन डलरको भाउ बढेको छ ।
शुक्रबार १ अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ १३ पैसा रहेको छ । बिक्री दर भने १३२ रुपैयाँ ७३ पैसा रहेको छ । यो बिहिबारको तुलानमा केही कमि हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ युरोको खरिद दर १४० रुपैयाँ ७४ पैसा रहेको छ । बिक्री दर भने १४१ रुपैयाँ ३८ पैसा रहेको छ । बिहिबारको तुलनामा युरोको मूल्य आज केही बढेको हो ।
यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८९ रूपैयाँ ६ पैसा र बिक्री दर ८९ रूपैयाँ ४७ पैसा रहेको छ । यो पनि बिहिबारको तुलनामा केही बढी हो ।
त्यस्तै गरी, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ १३ पैसा रहँदा बिक्री दर ३५ रुपैयाँ २९ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ८६ पैसा रहँदा बिक्री दर ३० रुपैयाँ रहेको छ ।
कतारी रियाल १ को खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३२ पैसा रहेको छ।





















