एजेन्सी । अनिल अम्बानीको ऋणमा डुबेको कम्पनी रिलायन्स क्यापिटल अन्ततः बिक्री भएको छ ।
उनको उक्त कम्पनी हिजो लिलाम बिक्री मार्फत हिन्दुजा समूहले ८ हजार ६०० करोड भारुमा खरिद गर्न कबोल गरेको हो ।
बुधबार बिहानैदेखी भएको लिलामीमा रिलायन्स क्यापिटलका लागि हिन्दुजा प्रमुख बोलपत्रदाता बनेको थियो ।
ऋणदाता समितिले पहिलो चरणमा ६ हजार ५०० करोड मुल्य तोकेको भएता पनि हिन्दुजाले अधिकतम मुल्य दिएर लिलाम सकारेको थियो ।




















