काठमाण्डौं । स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा अस्पताल पुगेका छन् । देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवा र प्रचण्डले उपचाररत नेपालको स्वास्थ्यावस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।
अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएको एकीकृत समाजवादीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेपाललाई उपचारार्थ मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो ।




















