मोरङ । जिल्लाको केराबारीका १ जना पुरुषलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–१ बस्ने ३० वर्षीय साने भन्ने हस्तबहादुर लिम्बु रहेको प्रहरीले पुष्टी गरेको हो ।
लिम्बुले आतबार केराबारी गाउँपालिका–९ बस्ने ४३ वर्षीय दुर्गाकुमार राईलाई कुटपिट गर्दा गंभिर घाईते भएका थिए । सामान्य वादविवादमा कुटपिट गर्दा गम्भीर घाइते भएका राईको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो ।
मृत्यु लगत्तै ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न लिम्बुलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।




















